सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, असार ६ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उनले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका हुन् ।
सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताए ।
उनले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गरेका थिए । उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले देवघाट क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।
उनका अनुसार पहिलो पटक देवघाट पुग्नुभएका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिएका छन् ।
पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार चितवन आएका पुन आज काठमाडौँ फर्कने कार्यक्रम छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा