सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । स्टार हस्पिटल र महिला सहकारी संस्था, ग्रामिण महिला लघु ऋण परियोजना, कुलेश्वर काठमाण्डौँ बिच सहकार्य गर्ने सम्बन्धको सम्झौता भएको छ ।
एक कार्यक्रमका बिच सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रो. डा. प्रकाश राज रेग्मी तथा महिला सहकारी संस्थाका तर्फबाट संस्थाका सि.ई.ओे अमृत प्रसाद कायास्थले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार स्टार हस्पिटलले महिला सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छ । छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्नेछ ।
साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी ले बताउनु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा