सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ४ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा बुधबार पनि ओरालो लागेको देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । यसैक्रममा ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२३ बिन्दुले बढेर २७०.५२ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर ३० करोड ४१ लाख ८९ हजार ६४५ रुपैयाँमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।
कारोबार भएका ११ उपसमूहमध्ये विकास बैंक ५.४२, वित्त २.८६, उत्पादन ७.९१, अन्य २.२४ र जीवन बीमा १४.२४ बिन्दुले बढेको छ । यस्तै, बैंकिङ १.०६, होटल ३.४७, जलविद्युत् १.७३, निर्जीवन बीमा ३०.२८, लघुवित्त १.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।
स्टकका अनुसार एनआईसी एसिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा