सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ४ । बुधबार गुठियारहरुले राजधानीको माइतीघर मण्डलामा आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै डा.महेशमान श्रेष्ठले गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ ।
गुठी संस्कृतिसँग सम्बन्धित भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयअन्तर्गत राख्न उक्त समितिका संयोजक डा.महेशमान श्रेष्ठले सरकारसँग माग गरे।
उनले उक्त विशाल प्रर्दशन कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गरे।
सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी राख्ने संयोजक श्रेष्ठले बताए । उनको भनाइ अनुसार सरकारले नेवार समुदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास गरिरहेको बेला उनीहरु विरोधमा आन्दोलन गर्नु परेको जानकारी दिए ।
वि. सं २०८१ सालको वार्षिक राशिफल वि. सं २०८१ सालमा कालयुक्त नामको संवत्सर रहेको छ। यो वर्षको राजा मङ्गल ग्रह रहेको छ भने मन्त्री शनि ग्रह रहेको छ। मेष (चु, चे, चो, ला, लि, लु,... विस्तृतमा