सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ४ । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा सडक छेउ र फुटपाथ व्यापारीबाट खोसेको वा जफत गरेको सामान लिलाम गर्ने भएको छ।
वितेको ६ महिनायता माहानगरपालिकाले जफत गरेका सामान १५ लाख रूपैयाँ बराबरको रहेको छ। महानगर स्रोतका अनुसर उक्त स्थानबाट जफत गरेको सामान महानगरपालिकाले दोस्रोपटक लिलामी गर्ने तयारी गरेको बताए।
महानगरका नगर प्रहरीले धेरै पहिलादेखि नै फुटपाथ व्यापारीका सामान खोस्ने गरेको नगर प्रहरी प्रमुख धनपती सापकोटाले जानकारी दिए ।सडकबाट जफत गरेका सामान १५ सय रुपैयाँ जरिमाना तिरे फुटपाथ व्यापारीले फिर्ता पाउने गरेको थियो।
केही समयअघि महानगरको कार्यपालिकाले सामान फिर्ता नगर्ने बरू लिलामी गर्ने निर्णय गरेको महानगरपालिकाको प्रवक्ता ईश्वरमान डंगोलले जनाए। फुटपाथ व्यवसायले सडकमा जोखिम र आवागमनमा समस्या आएको उनले जनाए।
जरिवाना तिरेर गए पनि पुनः अर्को दिन व्यापारी सडकमा आइहाल्ने भएकाले रोकथामका लागि यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारे।
डंगोलका अनुसार सामानको प्रकृतिअनुसार जरिवाना तोकिने गरेको बताए। अहिलेसम्ममा महानगरले पहिलो लटमा ५ लाख ७ हजार रुपैयाँको सामान लिलाम गरिसकेको प्रवक्ता डंलोलले बताए ।
१५ लाख रूपैयाँबराबरका सामान लिलामी गर्ने पक्रिया अघि बढाइएको समेत उनले जनाए । केहीले महानगरपालिकाको आँखा छली व्यवसाय गर्ने गरेकाले अचेल फाट्टफुट्ट मात्रै सामान जफत हुने गरेको डंगोलले बताए।
रत्नपार्क र वीर अस्पतालअगाडि रातको समयमा पसल सञ्चालन गरिरहेका छन। डंगोलले भने, उनीहरूलाई फुटपाथमा नै व्यवसाय गर्न दिनुपर्नछ भन्ने छैन। कस्तो स्थानमा दिने र कुन समयमा उनीहरूलाई बजार सञ्चालन गर्न दिने त्यसको निर्णय नभएको प्रवक्ता डंगोलले जनाए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा