सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ४ । बुधाबर कलंकीमा नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने कामको साथै सरकारले प्रविधिलाई प्राथमिकता दिएको जनाए ।
विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिने जानकारी दिए । अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछु, प्रधानमन्त्री ओलीले भने, अबको दुई वर्ष भित्र देशका सबै मालपोत कार्यलयका ढड्डाहरू, पुराना लिखतहरू डिजिटलाइज्ड भइसक्नेछन्।
प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र सबै काम पारदर्शी हुने प्रधानमन्त्री ओलीले जनाए।
नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ । हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुे प्रधानमन्त्री ओलीले जानकारी दिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा