सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ४ । गैरआवासीय नेपली संघ (एनआरएनए)ले कैलालीका हावाहुरीपीडितलाई मंगलबार तात्कालिक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गरेको छ ।
संघले दिएको जानकारी अनुसार काठमाडौँस्थितको केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा उक्त सहयोग रकम जम्मा गरेको जानकारी दिए ।
गत हप्ता कैलाली कञ्चनपुरमा आएको विनाशकारी हुरीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रका खास पीडितलाई सहयोगका लागि उपमहानगरपालिकाले गरेको अनुरोधका आधारमा तात्कालिक राहतस्वरूप सो रकम पठाइएको संघका कोषाध्यक्ष हिक्मत थापाले जनाएको छ।
संघले थप राहत सहयोग जुटाउन आफ्ना सबै शाखाहरूलाई अनुरोध गरेको थापाले जनाएको छ । थापाका अनुसार धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले पीडितका लागि सहयोग पठाएकोमा आभार व्यक्त गर्दै रकम वास्तविक पीडितसम्म पुग्ने प्रतिबद्धता जनाएको बताए ।
कैलालीमा गत बिहीबार साँझ आएको भीषण हावाहुरीका कारण दुईजनाको मृत्यु भएको थियो भने, सयजनाभन्दा बढी घाइते भएका थिए । उक्त हावाहुरीले मुक्त कमैया, गरिब–विपन्न दर्जनौं परिवारको घरको क्षति भएको जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा