सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रिलायन्स कम्युनिकेशनको चेयरम्यान अनिल अंबानी अरबपतिको क्लबबाट बाहिरिएका छन् । सन २००८ मा अनिल अंबानीलाई विश्वको ६ औ सबैभन्दा अमिर ब्यक्ति भनिएको छ ।
११ बर्षमा यति घट्यो सम्पति
भारतको बिजनेस टुडेको अबर अनुसार, २००८ मा अनिल अंबानीसँग ४२ बिलियन डलरको सम्पति थियो, जुन ११ बर्षपछि यानी २०१९ मा घटेर ५२३ मिलियन डलर यानी करीब ३६५१ करोड भारु भएको छ । यो सम्पतिमा धितो स्वरुप राखिएको शेयरको मुल्य पनि समावेश छ ।
८,००० करोड भारु अनुमान गरिएको थियो रिलायन्स ग्रुपको पुँजी
चार महिना पहिला रिलायन्स ग्रुपको पुँजी आठ हजार करोड भारु अनुमान गरिएको थियो । मार्च २०१८ मा रिलायन्स ग्रुपको कुल कर्जा १.७ लाख करोड भारु थियो । पछिल्लो हप्ता अलि अंबानीले भनेका थिए कि गएको १४ महिनामा उनको समुहले ३५ हजार करोड दायित्व चुकाएको थियो । यसको अलावा कम्पनिले अगाडि पनि आपनो दायित्व समय–समयमा चुकाउदै जानेछ । लगानीकर्ताहरुलाई भरोसा दिदै अनिलले भनेका छन कि एक बर्षमा कम्पनि २४,८०० करोड भारुको मुलधन र १०,६०० करोड भारुको ब्याज फिर्ता गरीसकेको छ ।
रिलायन्स कम्युनिकेसन्समा सबैभन्दा धेरै कर्जा
अनिल अंबानीको रिलायन्स कम्युनिकेसन्समा सबैभन्दा धेरै यानी ४७,२३४ करोड भारु को कर्जा छ । रिलायन्स क्यापिटलमा ४६,४०० करोड भारु कर्जा छ । यता, रिलायन्स फाइनेन्स र रिलायन्स इन्फ्रास्ट्रक्चरमा क्रमश ः १३,१२० र २३,१४४ करोड भारु को कर्जा छ । यसको साथै रिलायन्स पावरमाथि ३१,६९७ करोड भारु कर्जा उल्लेख गरीएको छ । अंबानीको रिलायन्स नेवल एण्ड इन्जिनियरिङमा १०,६८९ करोड भारु को कर्जा छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा