सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही, असार ४ । विद्यालयमा पठनपाठन बन्द गरिएको छ। आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यलायको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।
लगत्तै सोमबारबाट जिल्लाका अधिकतर स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए। मंगलबारसम्म आइपुग्दा जिल्लाका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् भन्ने खबर नागरिक दैनिकमा छ।
जसअनुसार चार सय ६३ वटा सामुदायिक तथा २ सय ५० भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द भएको हो। अत्याधिक गर्मीले विलयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी अनुपस्थित हुन थालेपछि ननगरभित्रका सबै विद्यलाय बन्द गरिएको लालबन्दी नगरपालिकाकका शिक्षा शाखाका संयोजनक वासुदेव तिमल्सिनाले जानकारी दिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा