सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपको २४ औँ प्रतिस्पर्धामा आयोजक इङ्गल्याण्ड लाई १५० रनले पराजित गरेको छ । योसँगै विश्वकप २०१९ को प्वाइंट्स टेबलमा ८ अंकसँगै इङ्गल्याण्ड शिर्ष स्थानमा उक्लेको छ ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको इङ्गल्याण्ड का कप्तान इयोन मोर्गनलले शतकीय पारीको मद्यतले ५० ओभरमा ६ विकेटमा ३९७ रन बनाए । यो बिशाल स्कोरको जवाफमा अफगानिस्तानको टिम ५० ओभर खेल्दा पनि ८ विकेट गुमाउदै २४७ रन बनाउन सक्यो र म्याच १५० रनले हार्यो ।
३९७ रन विश्वकपको सर्वाधिक बन्यो । इङ्गल्याण्ड को तर्फबाट इयोन मोर्गनले ७१ ब्लमा ४ चौका र १७ छक्कासँगै २०० भन्दा धेरैको स्ट्राइकरेटले १४८ रन बनाए । मोर्गनको अलावा जाँनी बेयरेस्टोले ९०, जो रुटले ८८ र मोइन अलीले ३१ रनको पारी खेले । अफगानिस्तानको तर्फबाट दवलत जादरान र कप्तान गुलबदीन नैबले ३–३ विकेट लिए ।
उता, ३९८ रनको लक्ष्यलाई पछ्याएको अफगानिस्तानको तर्फबाट हशमतुल्लाह शाहिदीले ७६ रन, रहमत शाहले ४६ रन, असगर अफगानले ४४ र गुलबदीन नैबले ३४ रनको पारी खेले । इङ्गल्याण्ड को तर्फबाट जोफ्रा आर्चरले ३, मार्क वुडले २ र आदिल रशीदले ३ विकेट लिए । यसरी अफगान टिम २४७ रनमै समेटियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा