सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कप्तान इयोन मोर्गनले रेकर्ड तोड्दै शतकको मद्यतले इङ्गल्याण्ड ले मंगलबार विश्वकप २०१९ मा अफगानिस्तानको अगाडि ३९८ को लक्ष्य राखेको छ । टस जितेर पहिला ब्याटिङ गर्न मैदानमा उत्रेको इग्लिश टिमले निर्धारित ५० ओभर्समा ३९७/६ को स्कोर खडा गर्यो ।
आज अंग्रेजहरुले अफगानीलाई नराम्रोसँग धुलो चटाए । इयोन मोर्गन (१४८) को अलावा जोनी वेयरस्टो (९०), जोए रुट (८८) को अलावा अन्तमा मोईन अलीले पनि ९ बलमा ३१ रनको पारी खेले ।
यो भन्दा पहिला अंग्रेजी टिमको शुरुवात सुस्त रहेको थियो । १० औ ओभरमा जेम्स विंस (२६) को रुपमा इङ्गल्याण्ड को पहिलो विकेट जब झर्यो तब टिमको स्कोर ४४ रन थियो । यो विकेट र्दालत जादरानले लिएका थिए । ३० औ ओभरको अन्तिम बलमा गुलबदीन नायबले इङ्गल्याण्ड को दोस्रो विकेट लिए । आफनो शतकको अगाडि बढेका ब्याट्सम्यान जोनी बेयरस्टो (९०) गुलबदीनको शिकार बने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा