सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफगानिस्तान विरुद्ध विश्वकप २०१९ को २४ औँ म्याचमा इङ्गल्याण्ड का कप्तान इयोन मोर्गनले उत्कृष्टता प्रदर्शन गरेका छन् । इयोन मोर्गनले पहिलो विश्वकप २०१९ मा सबैभन्दा छिटो शतक ठोके । फेरी विश्वकपको एउटा म्याचको एउटा पारीमा सबैभन्दा धेरै छक्का लगाउनुको साथ साथै वनडे क्रिकेटका सबै रेकर्ड ध्वस्त पारेका छन् ।
यो प्रतिस्पर्धामा इयोन मोर्गनले केबल छक्का मात्र प्रहार गरेर आफनो शतक पुरा गरेका छन् । उनले यो म्याचमा अफगानिस्तान विरुद्ध १७ छक्का हानेका हुन् । केबल छक्का मात्र हानेर इयोन मोर्गनले यो पारीमा १०२ रन बनाए, जुन इन्टरनेशनल क्रिकेटमा सबैभन्दा ठुलो रेकर्ड हो ।
वनडे क्रिकेटमा मात्र तिन यस्ता खेलाडी छन जसले अहिलेसम्म एक पारीमा १६ छक्का लगाएका थिए । यसमा टिम इंडियाका सलामी ब्याट्सम्यान रोहित शर्मा, वेस्टइंडिजका सलामी ब्याट्सम्यान क्रिस गेल र साउथ अफ्रिकाका पुर्व दिग्गज क्रिकेटर एबी डिविलियर्सको नाम छ । यी तिन खेलाडीहरुले एक पारीमा छक्काले ९६–९६ रन बनाएका थिए, जसलाई अहिले इयोन मोर्गनले तोडेका छन् ।
इयोन मोर्गनले यो म्याचमा मात्र ५७ बलमा शतक ठोके जुन विश्वकप २०१९ को सबैभन्दा तेज र विश्वकपको इतिहासको चौथो सबैभन्दा तेज शतक थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा