सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को २३ औ प्रतिस्पर्धामा वेस्टइंडीजले बंग्लादेशलाई ३२२ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । टांटन मा भएको खेलमा बंग्लादेशका कप्तान मशरफे मुर्तजाले टस जितेर बलिङ गर्ने निर्णय गरे । ब्याटिङको लागी मैदानमा उत्रेको वेस्टइंडीजको टिमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३२१ रन बनाए ।
वेस्टइंडीजले पहिलो विकेट क्रिस गेलको रुपमा गुमायो । गेल १२ बल खेल्दै बिना खाता खोल्दै आउट भए । यसपछि शाई होप र ईवन लुईसले पारीको संम्हाले र १०० रनभन्दा साझेदारी गरे । तर, यसपछि ईवन लुईस ६७ बलमा ७० रन बनाउदै शाकिब अल हसको शिकार बने । शाई होले आफनो अर्धशतक पुरा गरेका छन् ।
वेस्टइंडीज टिमको तेस्रो झट्का निकोलस पुरनको रुपमा लाग्यो । निकोलस पुरन ३० बलमा २५ रन बनाउदै शाकिब अल हसनको बलमा सौम्य सरकारको हात क्याच आउट भए । बंग्लादेशको चौथो विकेट शिमरोन हेटमायरको रुपमा झर्यो । हेटमायर २६ बलमा ५० रन बनाृदै मुस्तफिजुर रहमानको बलमा तमीम इकबालको हात क्याच आउट भए ।
आन्द्रे रसेलको रुपमा वेस्टइंडिजलाई पाँचौ झट्का लाग्यो । रसेल बिना खाता खोल्दै आउट मुस्तफिजुर रहमानको बलमा मुशफिकुर रहीमको हात क्याच आउट भए । कप्तान जसेन
होल्डरको रुपमा वेस्टइंडिजलाई ६ औँ झट्का लाग्यो होल्डरले १५ बलमा ३३ रन बनाए । होल्डर मोहम्मद सैफुद्धिनको बलमा महमदुल्लाहको हात क्याच आउट भए ।
वेस्टइंडीजका सलामी ब्याट्सम्यान शाई होप आफनो पहिलो विश्वकप र करियरका सातौ शतकबाट चुके । शाई होप बंग्लादेश विरुद्ध १२१ ब्लमा ९६ रन बनाउदै मुस्तफिजुर रहमानको बलमा लिटन दासको हातबाट क्याच आउट भए । वेस्टइंडिजको आठौ विकेट डेरेन ब्रावोको रुपमा खस्यो । ब्रावो पारीको अन्तिम बलमा १९ रन बनाउदै सैफुद्धिनको बलमा क्लिनी बोल्ड भए ।
दुबै टिम ४/४ प्रतिस्पर्धा मध्ये एक–एक प्रतिस्पर्धा जिति सकेका छन् । यसको अलावा २/२ प्रतिस्पर्धामा वेस्टइंडिज र बंग्लादेशसँग हार ब्यहोरेको छ जबकि यी दुबै टिमको एक–एक प्रतिस्पर्धा बर्षाका कारण रद्ध भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा