सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कपिलवस्तु, असार २ । गर्मीका कारण कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । गर्मी याम लागेपछि दिनप्रतिदिन बढ्न थालेको तापक्रमले गर्दा कपिलवस्तु जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरु ५ दिनका लागि बन्द गरेको छ ।
कपिलवस्तु नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार कपिलवस्तु नगरपालिका क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालयहरुलाई सोमबारदेखि शुक्रबारसम्मका लागि बन्द गर्न नगर क्षेत्रका सबै विद्यालयहरुलाई निर्देशन गरेको प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्यले जनाएको छ ।
यसैक्रममा, शुद्दोधन गाउँपालिका, यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिकालगायतका स्थानीय तहरुले पनि गर्मीका कारण विद्यालय बिदा गरेका छन् ।
कपिलवस्तु जिल्लामा दैनिकजसो ४२ डिग्रीभन्दा माथि तापक्रम बढ्न थालेपछि जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ भने, उनीहरु अत्यन्तै जरुरी काम बाहेक घर बाहिर निस्केका छैनन् ।
अधिक गर्मी बढ्नाले सेवाग्राहीहरुको सरकारी कार्यालय, सार्वजनिक स्थल, बजारलगायतमा स्थानहरुमा न्यून उपस्थितिको मात्र कम हुँदै गएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा