सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, असार २ । टीकापुर नगर विकास समितिको अध्यक्षमा नगरप्रमुख रावलले सोमबार पद बहाली गरेका छन । सरकारले नगर विकास समितिको गठन ब्यवस्था फेरेर स्थानीय तहको प्रमुख नै अध्यक्ष रहने प्रावधान लागु गरे संगै देशभरका नगर विकास समितिमा पालिका प्रमुख अध्यक्ष रहेका छन । यसअघि राजनीतिक नियुक्तिको रुपमा रहँदै आएको समितिमा सरकारले फेरबदल गरेका कारण अब राजनीतिक नियुक्तिको रुपमा नभई पालिका प्रमुख विकास समितिको अध्यक्ष बन्ने प्रावधान छ । त्यही प्रावधानमा टेकेर आठौं अध्यक्षको रुपमा नगरप्रमुख रावलले पद बहाली गरेका हुन । नगर विकास समितिको कार्यालयमै एक कार्यक्रमका बीच नगरप्रमुख रावलले अध्यक्षको कार्यभार सम्हालेका हुन ।
कार्यभार सम्हालेसंगै नगरप्रमुख रावलले बिगतदेखि अहिलेसम्म टीकापुर नगर विकास समितिले गरेका कामहरु बाहिर छर्लङ्ग देखिने गरि श्वेतपत्र जारी गरेर काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दै टीकापुर जस्तो देशकै नमुना सहरको जग बसाउने काम टीकापुर विकास समिति हुँदै टीकापुर नगर विकास समितिले गरेको दाबी गरे । उनले नीति नियम अनुसार काम गर्ने र रोकिएका कामहरु अब सुचारु गर्ने समेत बताए ।
लामो समयदेखि नेतृत्वबिहिन नगर विकास समितिमा नयाँ नेतृत्व आउदा कार्यालयमा रहेका कर्मचारीहरु पनि हर्षित देखिन्छन । नगर विकास समितिको कार्यालयमा कार्यरत खरदार धनिराम भण्डारीले सेतो खबरलाई भने, “लामो समयदेखि रोकिएका कामहरु अब धमाधम हुनेछन, जसले टीकापुरको विकासको लागि योजना बनाउन र योजना अनुसार काम गर्न सहज हुनेछ ।” अहिले यो कार्यालयमा दरबन्दी अनुसार ५ जना कर्मचारी रहेको समेत उनले बताए ।
नगर विकास ऐन २०४५ को संशोधन नगर विकास ऐन २०४५ को दफा ४ मा नगर विकास समितिको सदस्य गठनको व्यवस्था छ र सोही दफाको ४.२.५ मा समितिको सदस्यहरुमा नगर कार्यपालिका वा गाउँ कार्यपालिकाबाट तोकिएका ३ जना सदस्य, स्थानीय क्षेत्र विकासमा योगदान पुर्याएका एक महिला सहित २ जना सदस्य र समितिको सदस्य सचिवको रुपमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ । यहि व्यवस्था अनुसार टीकापुर नगर कार्यपालिकाका सदस्यबाट वडा नम्बर २ का अध्यक्ष प्रकाश बुढाथोकी, वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष दिर्घ ठकुल्लालाई सदस्य तोकिएको छ । स्थानीय क्षेत्रको विकासमा योगदान पुर्याएकाबाट मोहन बहादुर बिक र महिला सदस्यमा कमला बिष्ट समेत नगर विकास समितिको सदस्यमा मनोनीत भएका हुन ।
यसै गरि पदेन सदस्यमा जिल्ला समन्वय समितिले तोकेको एकजना सदस्य, प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको एकजना अधिकृत, वन, भूमी तथा नापी सम्बन्धी स्थानीय तह वा जिल्ला स्थित प्रतिनिधिहरु समेत सदस्य रहने व्यवस्था छ । नगर विकास ऐन २०४५ लाई संशोधन गर्दै प्रत्येक स्थानीय तहमा आवश्यक्ता अनुसार नगर विकास समिति गठन गर्न सकिने व्यवस्था मिलाईएको छ । समितिले नगरको विकासका लागि आफ्नो बेग्लै खाका तयार गर्न सक्ने व्यवस्था प्रावधानमा उल्लेख छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा