सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यको सपथ लिएका छन् । उनलाई सोमबार अस्थायी सभामुख चुनिएका विरेन्द्र कुमारले संसद सदस्यको सपथ ग्रहन गराएको थियो । उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट उनी लोकसभाको सदस्यमा निर्वाचित भएको थियो।
संसदीय दलको नेताको रुपमा मोदीले संविधानअनुसार पहिलो सांसदको सपथ लिएका हुन् । यसैक्रममा, सोमबारबाट भारतीय लोकसभाको १७औं बैठक शुरु भएको छ ।
सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्ने भएकोले नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पालैपालो सपथ लिनेछन्।
लोकसभाका सदस्यतामा निर्वाचित भएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुन मन्त्री रवि शंकर प्रसादले भने सपथ लिइसकेका छन्।
जुन १९तारिखका दिन लोकसभाको सभामुखको चयन हुनेछ भने, जुन २० तारिखका दिन राष्ट्रपति रामनाथ कोबिन्दले संसदको दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।
आगामी जुलाई ५ तारिखका दिन नयाँ सरकारले केन्द्रीय बजेट संसद समक्ष प्रस्तुत गर्ने कार्यक्रम तयारी गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा