सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १ । सुरक्षाको कारण देखाउँदै डडेलधुरा अस्पतालका ११ जना डाक्टरले सामूहिक विदाको माग गर्दै पत्र लेखेका छन् ।
जेठ ३१ गते अमरगढी नगरपालिका २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियापछि निधन भएको थियो । उनको मृत्युपछि मृतकका परिवारजन र आफन्तले अस्पतालमा तोडफोड तथा प्रदर्शन गरेका थिए ।
सो अस्पतालमा कार्यरत सबै चिकित्सकले अस्पतालमा अराजकता निम्त्याउने समूहलाई कानुनी कार्वाही नगरेसम्म आफूहरु काममा नफर्ने पत्रमा लेखेका छन् ।
विदा लिनेमा डा. ललित सुरी,डा. उत्तम भट्ट, डा. पदम नेपाली, डा.अमृत अधिकारी , डा.सुभास लामिछाने , डा.विकास दुवाडी, डा. बिभव बस्याल, डा. नरेश श्रेष्ठ, डा.सृजना अधिकारी , डा.सिर्जना महर्जन र डा.डबल बुडा रहेका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेललाई उनीहरुले सामुहिक विदा पत्रबुझाएका छन् ।
सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव उत्पन्न भएको थियो। शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका-६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो अत्याधिक रक्तश्रावका कारण डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो ।
धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै परिवारजनले प्रदर्शन गरेका थिए । परिवारले गीतालाई रक्तस्राब नरोकिएपछि शुक्रबार सोहि अस्पतालमा भर्ना गरेको थियो । शल्यक्रियामै लापरवाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाइ त्यही राखेको आरोप आफन्तले लगाएका छन् ।
तर, मृत्तकका आफन्तको गलत आरोप लगाएको अस्पतालले जनाए । गीतालाई १२ पिन्ट रगत दिएर घर पठाइसकेको अवस्थामा उनको मृत्यु भएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी रहेको छ ।
अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारवाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेको थियो । आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुङ्गामुढासहित सडक प्रर्दशन समेत गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा