सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, असार १ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारीका लागि खुलाएको विज्ञापन विरुद्ध विरोध भईरहँदा पनि आयोगले निकालेको विज्ञापन फिर्ता नलिए पछि प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको छ।
आयोगले संविधान विपरीत विज्ञापन खुलाएको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले जानकारी दिए ।
ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो भने, करिब एक घण्टा पछि ताला खोलिएको प्रहरीले जनाएको छ ।
आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा