सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, असार १ । पछिल्लो समय बढ्दो सवारीसाधन दुर्घटनालाई मध्यनजर गरेर ईलाका प्रहरी कार्यालय टीकापुर र अस्थायी ट्राफिक प्रहरी पोस्ट टीकापुरले आइतबार सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ । बिहान ७ बजेदेखि १० बजेको अवधी भित्र टीकापुर आउने र टीकापुरबाट बाहिर जाने सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
सवारी चालकहरु स्वस्थ हुनुपर्ने भन्दै यदि सवारी चालकहरुको ब्लड प्रेसर, आँखा लगायत शारीरिक स्वास्थ्य परिक्षण गरिएको हो । काठमाडौबाट सरुवा भइ ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुखको रुपमा यहाँ आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले टीकापुर आउने बित्तिकै यहाँको ट्राफिक व्यवस्थापन गर्ने बताएका थिए । दिनप्रतिदिन हुने धेरै दुर्घटनालाई कम गर्न ट्राफिक नियम बारे सबैलाई सचेत गर्ने र ट्राफिक नियम अझै कडा गर्ने बताएका थिए ।
यस कार्यक्रमका बारेमा जानकारी दिदै अस्थायी ट्राफिक प्रहरी पोस्ट टीकापुरका प्रमुख मोहन प्रसाद जैसिरले सवारी चालक नै अस्वस्थ भए दुर्घटनाहरु बढ्ने भएकाले सवारी चालक स्वस्थ हुनुपर्ने बताए । उनले यो जनचेतनामूलक कार्यक्रम समेत भएकाले सवारी चालकहरुले बेलाबेला आफ्नो स्वास्थ्य परिक्षण गराईरहनुपर्ने भन्दै यदि चालकले आँखा नदेखे जतिबेला पनि दुर्घटना हुनसक्ने स्पष्ट पारे ।
बिहान १० बजेसम्म चलेको स्वास्थ्य परिक्षणमा जम्मा ६२ जना चालकको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी देवि धितालले जानकारी दिए । १९ वटा बसका, १७ वटा ट्रक-टिप्परका, १४ वटा ट्याक्टरका, ७ वटा जिप-कारका, ५ वटा अटोका चालकहरु गरि ६२ वटा सवारीका चालकहरु स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षणका लागि साथी अस्पताल टीकापुरले प्राविधिक सहयोग गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा