सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान, असार १ । सुनसरीको धरानमा मेयरको कुर्सी ११ महिना सम्म खालि हुँदै आएको छ । मेयर तारा सुब्बाको गत साउन १ गते निधन भए पछि धरान उपमहानगरपालिकामा मेयरको कुर्सी ११ महिनादेखि खाली भएको हो ।
उनको निधन पछि उपनिर्वाचन भएको छैन। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको पद रिक्त रहेको अवस्थामा ६ महिनाभित्र उपनिर्वाचन गराई पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। तर, सरकारले धरानमा मेयरको पद रिक्त भएको वर्ष पुग्न लाग्दा पनि उपनिर्वाचन गराउन सकेको छैन।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने सरकारले धरानमा मेयर पद रिक्त रहेको विषयमा औपचारिक जानकारी नदिएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जनाएका छन्।
पद रिक्त भए पनि निर्वाचन गराउन संघीय मामिला तथा सामान्य मन्त्रालयबाट कुनै निर्देशन र जानकारी नआएकाले आयोगले मात्र उपनिर्वाचन गराउन नसक्ने उनले जनाएको छ । सरकारले निर्देशन दिए पद रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि तत्काल उपनिर्वाचन गराई पदपूर्ति गरिने उनले जनाए।
धरानमा उपमेयर मञ्जु भण्डारीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी छन् भने, उपमेयर भण्डारीले नेतृत्व गर्न नसक्दा विकास निर्माणका काम प्रभावित भएको नेकपा र कांग्रेस नेताको गुनासो सुनाएका छन्।
धरानमा नयाँ बसपार्क, विमानस्थल निर्माण, खानेपानी आयोजना निर्माणमा लापरवाही भएको छ। उपमेयर भण्डारी संयोजक रहेको नयाँ बसपार्क आयोजनाको काम अघि बढेको छैन।
प्रदेश सरकारले छुट्याएको १ करोड बजेट फ्रिज हुन लागे पनि काम अघि बढाउन नसक्नु भण्डारीको मुख्य कमजोरी रहेको काँग्रेस धरानका सभापति तिलक राईले आरोप लगाएको छ ।
रिक्त पदमा उपनिर्वाचन गराए धरानको विकास निर्माणका काम अगाडी बढाउन सहज हुने नेकपाका प्रदेश सदस्य अइन्द्रविक्रम बेघाले जनाए। ६ महिनाभित्र उपनिर्वाचन नगराएर सरकारले बेवास्ता गरेको उनले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा