सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, असार १ । मगर समुदायको बाहुल्यता भएको रुकुमपूर्व र पश्चिममा भूमे नाच गाउँगाउँमा सुरु भएको छ । भूमे नाच मगर समुदायहरुको सबै भन्दा ठूलो चाड हो ।
यसैगरी, रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको खलंगा सहिदमैदानमा पनि भूमे नाचको रौनक सुरु गरेको छ । रुकुमपूर्वमा घर भई व्यापार व्यवसायका लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बस्ने मानिसहरुले आफ्नो समुदायमा मनाउने खाम मगरको चाड बल पूजा तथा भूमे नाच गरी उक्त पर्व मनाई रहेका छन् ।
लेकबाट बुकीको फूल टिपेर ल्याई विधिपूर्वक भूमि पूजा गरेपछि बलपूजा तथा भूमे नाच सुरु गर्ने गर्दछ । अघिल्लो दिन पूजापाठको काम हुने भए पनि असार १ गतेदेखि ५ गतेसम्म भूमे नाच नाचेर समापन हुने गर्दछ।
मगर जाति मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा प्रचलित रहेको छ। रुकुमपूर्वका सिस्ने, पुथा उत्तरगंगा, र भूमे गाउँपालिकामा रहेका आदिवासी जनजातिले खासगरी खाम मगर जातिले विशेष महत्वका साथ मनाउने यो पर्वले रुकुम पश्चिमको सदरमुकाम खलंगामा पनि विशेष महत्वका साथ मनाउने गरेको लाङ्घाली समाजका उपाध्यक्ष राजकुमार पुनले जानकारी दिएका छन् ।
मगर जातिले पृथ्वी अर्थात् भूमिलाई मुख्य देवताको रूपमा पूज्ने चलन रहेको उनले जानकारी दिए। भूमिको पूजा गरेपछि भूमि देवता खुसी हुने र अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र विभिन्न दुःखको नाश भई पृथ्वीवासी सबैमा खुसी आउने जनविश्वास रहेको छ।’ उनले भने, ‘दुख कष्टबाट मुक्त हुने भएपछि भूमिको पूजा गर्दै आएको र त्यसअनुसार नाचगान र प्रकृतिलाई पूजापाठको कार्यक्रम हुन्छ।’ पूजामा गाउँभन्दा टाढा रहेका पनि गाउँ फर्किने विश्वास रहेको जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा