सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १ । आज आइतबार सबै प्रदेशको सरकारले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्दैछ । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आइतबार सार्वजनिक गर्ने संघीय संरचनाले जनाएको छ । उक्त बजेट सार्वजनिकका लागि आज सातवटै प्रदेश संसद बैठक बस्दैछन् ।
केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक प्रावधान रहेको छ ।
यो भन्दा अगाडि प्रदेश सरकारहरुले आफ्नो प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जानकारी दिएका थिए । कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएको उनीहरुले जनाएको छ। सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने ।
तथ्याङकसहित हेर्नुहोस्:
प्रदेश १ – करिव ४२ अर्ब
प्रदेश २– करिब ३५ अर्ब
प्रदेश ३– ४८ देखि ५० अर्ब
गण्डकी प्रदेश–३२ अर्ब
प्रदेश ५– करिब ३४ अर्ब
कर्णाली प्रदेश– ३३ अर्ब
सुदुर पश्चिम प्रदेश–२९ अर्ब
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा