सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार १ । साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन्।
उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए। फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट हिजो काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा