सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलिया र श्रीलंका बिच विश्वकप २०१९ को प्रतिस्पर्धा १५ जुनमा खेलीनेछ । अष्ट्रेलिया र श्रीलंका दुबैले अहिलेसम्म टुर्नामेन्टमा चार–चार प्रतिस्पर्धा खेलेका छन् । कंगारुले तिन म्याचमा आफनो जित हासिल गरेको छ , जबकि एक म्याचमा हार ब्यहोरेको छ । यता, श्रीलंकाले एक प्रतिस्पर्धामा जीत हासिल गरेको छ । अष्ट्रेलिया ६ अंकसँगै प्वाइन्ट टेबलमा दोस्रो स्थानमा छ । यता, श्रीलंका चार अंकसँगै पाँचौ स्थानमा रहेको छ ।
अष्ट्रेलियाले सर्वाधिक पाँच पटक उपाधि आफनो नाम गरेको छ । कंगारुले पहिलो पटक कप १९८७ को विश्वकपमा उठाएको थियो । त्यसपछि उसले लगातार तिन पटक १९९०, २००३ र २००७ को विश्वकपको उपाधिमा कब्जा जमाएको थियो । पछिल्लो विश्वकप उपाधि २०१५ मा पनि अष्ट्रेलियाले आफनो नाममा गरेको थियो । यता, श्रीलंका टाइगर्सले १९९६ मा विश्वकप उपाधि आफनो नाम गरेको थियो । त्यसपछि उ विश्वकप जित्न असफल भयो । यद्यपी, उ लगातार २ बर्ष २००७ र २०११ मा फाइनल पुगेको थियो ।
विश्वकपमा श्रीलंका विरुद्ध अष्ट्रेलियाले निरन्तर दबाब बनाइराखेको छ । अहिलेसम्म दुबै टिम १० पटक भिडेको छ जसमा कंगारु टिमले सात पटक जित हासिल गरेको छ । एक म्याचको भने निर्णय हुन सकेन । अष्ट्रेलियाले श्रीलंका विरुद्ध ३७६ रनको सर्वाधिक स्कोर खडा गरेको थियो । जबकि श्रीलंकाको अधिकतम स्कोर ३१२ रन मात्र रह्यो । अष्ट्रेलियाको न्यूनतम स्कोर १९० रन छ जककि श्रीलंकाको १२३ रनको ्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा