सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय शैक्षिक प्रणाली का बारेमा जानकारी गराउँने उद्देश्यले सौजन्य मिडियाले जर्नि टु इन्डिया टेलिभिजन प्रोग्रामको सुरुवात गरेको छ। यसै साता सौजन्य मिडिया भारत को आसाममा अबस्थित काजिरंगा युनिभर्सिटीमा पुगेको छ। उक्त युनिभर्सिटीले सौजन्य मिडियालाइ भब्य स्वागतका साथ युनिभर्सिटीको अबलोकन गराएको छ।
काजिरंगा युनिभर्सिटीका रजिस्ट्रार प्रोफेसर तरुण कुमार ले सौजन्य मिडिया का कायक्रम निर्देशक सुनील आचार्य र प्रबिण बस्नेत लाई स्वागत गर्दै युनिभर्सिटी को गुणस्तरीय शिक्षा र इन्डस्ट्री फोकस कोर्ष का बारेमा जानकारी गराउँनुभयो।
आसाम राज्यको काजिरंगा मा अबस्थित काजिरंगा युनिभर्सिटी भ्रमण गर्ने उद्देश्यले हामी काठमाडौँ त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल बाट कोलकत्तामा अबस्थित नेता सुभाष चन्द्र बशु अन्तर्राष्ट्रिय बिमानस्थलमा हुदै त्यहाँबाट पुनं आसाम गुहाटी बिमानस्थल पुगि पाँच घन्टाको मोटर बाटो पारगरि हामी बिश्वबिद्यालय पुग्यौं। आसाम गुहाटी यात्रा गर्ने अर्को बिकल्प झापा काकडभिता बाट एक धन्टाको मोटर बाटो पारगरि बागडोगरा बिमानस्थल पुगि त्यहां बाट आसाम गुहाटी पुग्न सकिन्छ। साथै बागडोगरा बाट रेल मार्ग हुँदै पनि आसाम यात्रा गर्न सकिन्छ।
करियर युनिभर्सिटी अफ नर्थ इष्ट इंडिया का रूपमा प्रसिद्ध काजिरंगा युनिभर्सिटीमा करियर ओरेन्टेड कोर्स हरू सञ्चालन भइरहेको छ।
यस युनिभर्सिटी मा बिश्व बजार ले मागेको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी को स्थापना गरिएको छ। जहाँ बिटेक- बिटेक ल्यटरल मा सिभिल इन्जिनियरिङ, इलेक्ट्रीकल इन्जिनियरिङ, कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, इन्जिनियरिङ सञ्चालित छन्।
आफुले उत्पादन गरेको इन्जिनियर हरू लाई अध्ययन अबधि र अध्ययन पश्चात इन्डस्ट्री एक्सपोजर का लागि युनिभर्सिटी ले छुटै बिभाग खडा गरि बिधार्थी हरू लाई उद्योग, बजारमा र अनुसन्धान मुलक कार्यक्रम हरूमा संलग्न गराएको छ।
स्कुल अफ बिजिनेस अन्तर्गत अप्रेसन, फाइनान्स, मार्केटिङ, ह्युमन रिसोर्स, इन्टरनेसनल रिलेसन्स बिषय हरू मा फोकस एम बि ए, त्यसै गरि हस्पिटल एड्मिनिस्ट्सन, टुरिजम म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, ल्वयजिष्टीक एण्ड सप्लाई चेन म्यानेजमेन्ट, बैङ्किङ एण्ड फाइनान्स सर्भिस बिषयहरुमा एम बि ए सञ्चालन गरिरहेको छ। जसले बिधार्थी हरू लाई फिल्डवर्क, सेमिनार, वर्कसप इन्टरनेसनल कन्फरेन्स ले म्यानेजमेन्ट का सफ्टस्किल तथा हार्ड स्किलमा प्रोख्त बनाई नेत्रृत्व सैली को बिकास गराई ग्लोबल सिटिजन बन्न सहयोग पुर्याउँछ।
बि बि ए , बि कम , एम कम , बि बि ए हस्पिटालिटि म्यानेजमेन्ट, इन्टरनेसनल बि बि ए इन्टरनेसनल बि कम, इन्टरनेसनल यम बि ए सञ्चालन गरिरहेको छ।
स्कुल अफ सोसल साइन्स तर्फ एम ए, एम एस डब्लु, बिए बि एस डब्लु, इन्टरनेसनल बि ए, बि एस डब्लु, एम ए एम एस डब्लु सञ्चालित छन्।
स्कुल अफ कम्प्युटर साईन्स तर्फ एम सि ए, एम सि ए ल्याटरल ,एम एस सि आई टी ,बि सि ए , इन्टरनेसनल बि एस सि , इन्टरनेसनल एम एस सि आई टी सञ्चालित छन्।
स्कुल अफ हेल्थ साईन्स अन्तर्गत बजारमा उच्च माग भएको बि एस सि डाइलासिस, अप्रेसन थिएटर टेक्नोलोजी, एड्भान्स ईमेजिङ टेक्नोलोजी, ट्माइमर्जोन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट, ब्याचलर अफ फिजियोथेरापी, अप्टोमेटृटी कोर्षहरू सञ्चालित छन्।
जर्नि टु इन्डिया कायक्रम संग बिधार्थीहरूले भारतीय शैक्षिक पद्दती का बारेमा आफ्नो धारणा ब्यक्त गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा