सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / अछाम, जेठ ३२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछामका जिल्ला कमिटी सदस्यहरुको शनिबार शपथग्रहण सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच पार्टी जिल्लाका थुप्रै नेताहरुलाई उपस्थित गराएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता, सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज, तत्कालीन नेकपा (एमाले) का उपाध्यक्ष र नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका भिम रावलले जिल्ला कमिटी अछामका १ सय ४५ सदस्यलाई शपथग्रहण गरेका हुन् ।
केही समयअघि जिल्ला कमिटी अध्यक्ष र सचिवको जिम्मेवारी पाएर शपथग्रहण गरि सकेका तत्कालीन एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका झपट साउदले जिल्ला कमिटीलाई अझै शसक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । जिल्ला कमिटीको भागबन्डा गर्दा तत्कालीन एमालेबाट ९० सदस्य र माओवादी केन्द्रबाट ५५ सदस्य मिलाएर १ सय ४५ सदस्यीय कमिटी बनाईएको हो ।
कमिटीका सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गर्दै पार्टीलाई अब अझै बलियो बनाउन र सरकारका क्रियाकलापहरु जनतामाझ पुर्याउन अहोरात्र खट्ने बताएका हुन । साथै पार्टी भित्र भएका कमिकमजोरीको समीक्षा गर्दै जनताको मनजित्ने र आगामी निर्वाचनमा दुईतिहाइ ल्याउने गरि जनतासंग मिलेर काम गर्ने शपथ खाएका हुन ।
यससंगै जिल्ला कमिटीका सदस्यको शपथग्रहण संगै जिल्ला कमिटीले पुर्णता पाएको छ । सपथग्रहण कार्यक्रममा नेकपामा जुझारु केन्द्रिय नेता लेखराज भट्ट, प्रदेश कमिटी अध्यक्ष कर्ण थापा लगायत थुप्रै नेताहरुको उपस्थिति रहेको थियो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला कमिटीलाई शपथग्रहण गराउने उद्देश्य केही दिनअघि मात्र प्रदेश छिरेका नेता रावल अहिले शपथग्रहण कै कार्यमा व्यस्त छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा