सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३२ । सरकारले संसदमा पेस गरेको विभिन्न विधेयकको विरोधमा नागरिक समाजका अभियन्ताहरुले खबरदारी गरेका छन् ।
शनिबार काठमाडौंको माइतीघर मन्डलामा जम्मा भएका उनीहरुले नागरिकता विधेयक, मिडिया काउन्सिल विधेयक, गुठीलगायतका विधयेक सरोकारवालासँग छलफल नै नगरी ल्याएको भन्दै तत्काल फिर्ता दिन माग गरेका हुन् ।
यी विधेयकहरु नागरिक हक, अधिकार, प्रेस स्वतन्त्रता, पराम्परात संस्कृतिविरुद्ध भएको उनीहरुको आरोप छ ।
प्रदर्शनकारीहरूले प्रेस स्वतन्त्रता विधेयक फिर्ता गर, पीडितको न्याय सुनिश्चित गर, दण्डहीनताको अन्त्य गर, मानव अधिकारमाथिको हस्तक्षेप बन्द गर,नागरिकको मुख थुन्ने सूचना प्रविधि विधेयक खारेज गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनमा उत्रिएकाहरुले गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने, ज्ञानेन्द्र शाहीमाथि लगाएको झुटो मुद्दा फिर्ता लिनुपर्ने, नागरिक आयोगको प्रतिवेदनअनुसार ‘वाइडबडी’ विमान खरिद प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने माग गरे ।
माइतीघर मन्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँबानेश्वर पुगेर टुंगिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा