सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, जेठ ३२ । नेपाल कम्युनिस्ट पार्टी महोत्तरीको जिल्ला इन्चार्ज मास र सेक्रेटरी अपिलले शुक्रबार एक वक्तव्य निकाली ६० विघा जमिन जनयुद्धकालमा वज्रंग भनि चिनिने सामन्तको जमिन पुनः कब्जा गरेको जनाएका छन् ।
वक्तव्यमा भनिए छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विघा जमिन जनयुद्धकालमा वज्रंग भनि चिनिने सामन्तको जमिन कब्जा गरिएको थियो ।
सो जमिन हाल आएर केही दलालहरु र स्थानीय सरकारको मतिहार ठान्ने वडा अध्यक्ष र केही लठ्ठे गुण्डाहरुको मिलोमतोमा विक्री गरेको र स्थानीय किसान र सुकम्बासीहरुलाई डर, त्रास, धम्कि र घरपरिवारहरुलाई यातना दिन राती राती मदिरासेवनको नसामा गएर किसान र सुकुम्बासीहरुलाई अनयासै दुःख दिने हर्कत गरेको छ । यो हर्कत तुरुन्त रोक्न र यस्तो खालको गतिविधि नदोहोर्याउन यसै वक्तव्यमार्फत जानकारी गराउँदछ ।’
किसान र सुकुम्बासीहरुमाथि सो घटना दोहोरीएमा हदैसम्मको कारवाही गर्न नेकपा बाध्य हुनेछ । २०७६ जेठ ३१ गतेदेखि जमिन पुनः नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको वक्तव्यमार्फत राज्यलाई चुनौति दिएका छन् । विज्ञप्तिको पूर्णपाठ….
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा