सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / लम्की, जेठ ३२ । कैलालीको लम्कीचुहा नगरपालिकाका युवाहरु मिलेर केही महिनाअघि मात्र दर्ता भएको सिर्जनशिल नेपालले गत २३ गते बिहिवार साझ गएको विनाशकारी हावाहुरीका कारण क्षतविक्षत भएका लम्कीचुहा नगरपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ । उनीहरुले गत बुधबार नै केही ठाउँमा राहत वितरण गरिसकेका छन र अझै पनि राहत वितरण मै लागेका छन ।
कैलाली र कञ्चनपुर जिल्लामा बढी क्षती पुर्याएको हावाहुरीले लम्कीचुहामा पनि धेरै नै क्षति पुर्याएको छ ।कतिको घर भत्किएर, घरको छाना उडाएर अहिलेसम्म त्रिपालमा बस्नुपर्ने बाध्यता छ । उनीहरुलाई केन्द्रित गरेर युवाहरुले हावाहुरी गएकै अर्को दिनदेखि राहत संकलन गर्न सुरु गरेका थिए ।
अभियन्ता उदय भाटका अनुसार देश बिदेशमा भएका सामाजिक अभियन्ता, समाजसेवीहरुले आआफ्नो तर्फबाट केही सहयोग गरेका थिए जसका कारण राहत वितरणमा सहज भएको हो । संकलित ८५ हजार सहयोगबाट करिब ७० हजार बराबरको खाद्यान्न, त्रिपाल लगायत दैनिक घरेलु उपभोग्य बस्तु २३ परिवारलाई वितरण गरिएको उनले बताए । लम्की चुहा नगरपालिका वडा नम्बर ६, ८ लगायतका गाउँहरुमा युवाहरुले राहत वितरण गरेका छन ।
युवाहरुको तर्फबाट सकेसम्म सहयोग गरेका उनीहरुलाई केही मान्छेहरुले विभिन्न किसिमका लान्छना समेत लगाएका कारण अभियन्ताहरु हतोत्साहित समेत बनेका छन । अभियन्ता भाटले हावाहुरीकै कारण ज्यान गएका टीकापुर नगरपालिका वडा नम्बर २ बस्ने ४७ बर्षिय लहानु चौधरीको परिवारलाई बाकी रहेको रकम सहयोग गरिने समेत बताए ।
हावाहुरीका कारण लम्की चुहा नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकाका सयौं घरहरुको छाना उडाएका छन भने दर्जनौ परिवारको अवस्था दर्दनाक बनेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा