सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ ३१ । पूर्वशिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
माडीको बघौडा अस्पतालअगाडि शुक्रबार उनको शरीरमा दाहालसहितका नेताले झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
पौडेलको शुक्रबारै माडी नगरपालिका–५ मा रहेको मगुईखोलामा अन्तिम संस्कार गरियो ।
उनको पार्थिव शरीरमा पौडेलका धर्मपत्नी गंगा बेलवासे, छोरीहरु जागृति र आकृति पौडेलसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दागबत्ती दिएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापा, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, वामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपा प्रदेश नम्बर–३ का अध्यक्ष नारायण दाहाल, प्रदेश नम्बर–३ का आर्थिक मामिला तथा कानुनमन्त्री शालिग्राम जम्मकट्टेल, प्रदेशका सांसद, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगरप्रमुख ठाकुर ढकाललगायतले श्रद्धाञ्जलि अर्पण गरे ।
श्रद्धाञ्जलिकाक्रममा नेकपाका अध्यक्ष दाहालद्वारा जारी शोक विज्ञप्ति वाचन गरेर सुनाइएको थियो ।
विज्ञप्तिमा पौडेलको निधनले सिंगो पार्टी र देशमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।
श्रद्धाञ्जलि अर्पण गर्न ठूलो संख्यामा नेता–कार्यकर्ता माडी पुगेका थिए ।
शुक्रबार बिहान ७ बजे पौडेलको हृदयाघातबाट निधन भएको हो । उनको निधनले माडी क्षेत्र शोकमा डुबेको छ ।
बुवा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि.सं. २०२२ कात्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल वि.सं. २०३७ देखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिस्ट पार्टीमा सक्रिय रहेका थिए ।
मोहनविक्रम सिंह र निर्मल लामाले नेतृत्व गरेका नेकपा चौथो महाधिवेशनको विद्यार्थी संगठनको कार्यकर्ताबाट राजनीति सुरु गरेका पौडेल वि.सं. २०३९ मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, वि.सं. २०४१ मा केन्द्रीय सदस्य हुँदै वि.सं. २०५१ मा तत्कालीन नेकपा एकता केन्द्र विभाजनपछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजकसमेत चुनिएका नेकपा नेता ईश्वरी भट्टराईले जानकारी दिए ।
दोस्रो संविधानसभामा उनी निर्वाचित भएका थिए । सोही समयमा अध्यक्ष दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा उनले शिक्षा मन्त्रालयको जिम्मा पाएका थिए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा