भर्खरै

समुन्द्र भित्र बोइङ विमानको प्रयोग गर्दे विश्वको सबैभन्दा ठुलो थिम पार्क बनाउदै बहरीन


 June 14, 2019     सेतो खबर

पर्यटनलाई बढावा दिनको लागी बहरीनले नये अगस्टमा विश्वको सबैभन्दा ठुलो समुन्द्र भित्र थिम पार्क बनाउने भएको छ । एक लाख वर्ग मिटरको क्षेत्रफलमा फैलिएको यो थिम पार्कमा ७० मिटर लामो बोइङ ७४७ विमानलाई स्थापना गरीनेछ । विमानलाई समुन्द्रमा डुवाउनुभन्दा पहिला विशेष रुपमा तयार पारीनेछ । यसको उदेश्य देशको सुमन्द्रि परिस्थितिको तन्त्रलाई पुनजीवित गर्न र अन्तराष्ट्रिय पर्यावरण मानलाई समावेश गर्दे स्थानीय समुन्द्रि पर्यावरणलाई संरक्षण गर्नु रहेको बताइएको छ ।

बोइङ ७४७ सँगै डाइभिंग साइटमा बहरीनी मोतिहरुको ब्यापार पनि शुरु गरीनेछ । यसको अलावा पार्कमा मुंगाको कृत्रिम चट्टान र कला प्रदर्शनी पनि लगाइनेछ । जुन पर्यावरणको अनुकुल सामाग्रीबाट निर्मीत हुनेछ ।

LIC
LIC



Ime Inside