सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३१ । शुक्रबारबाट देशभर दुई नयाँ फिल्म ‘प्रेम दिवस’ र ‘झट्का’ एकैसाथ प्रर्दशनमा आएको छ । एकैसाथ र विना प्रचार-प्रसार प्रर्दशनमा आएको यी दुबै फिल्मका विषयवस्तु र कलाकार भने भिन्न-भिन्न रहेका छन् ।
‘झट्का’- काठमाडौँको रात्री जीवनको कथामा आधारित विषयवस्तु उठाएको फिल्म झट्काको निर्देशन रमेश बिसुङ्खको रहेको छ भने, उनकै कथामा फिल्म निर्माण भएको हो ।
काठमाडौँको रात्री जीवन कथामा आधारित फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायतले अभिनय गरेको छ । फिल्ममा सुरविरको गेटअप निकै फरक रहेको पाइनछ । यसमा उनले नेगेटिभ रोलको भूमिका निभाएका छन् । उक्त फिल्मको छायाँकन जीवन पराजुलीले गरेका छन् भने, निर्माता तुलसीलाल नेवाले गरेका हुन् ।
‘प्रेम दिवस’- त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेम दिवस’ मा ‘रियल कपल’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीको को मुख्य भूमिका रहेको छ ।
यस फिल्मको निर्देशन योगेश घिमिरेले गरेका छन् भने, फिल्मबाट विशाल खरेलले अभिनयमा डेब्यू गरेका छन् । प्रदीप भारद्वाजको लेखन, सञ्जय न्यौपानेको निर्माणरहेको फिल्मले सिंगल थियटर र मल्टिप्लेक्सका थौरै हल पाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा