सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ । पौडेलका चितवनको माडीमा रहेको आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हो।
पौडेलको हृदघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए।
पौडेल पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। पौडेलका दुई छोरी र श्रीमती छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा