सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३० । प्रहरी प्रधान कार्यालयले २०७५ असोज १५ गते ५२१ जना प्रहरी सहायक निरीक्षक (असई) का लागि खुलाएको विज्ञापनको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
खुल्ला र समावेशी गरी लिखित, मौखिक र शारीरिक अभ्यास परीक्षा उत्तीर्ण गर्दै ५२१ जना परीक्षार्थी प्रहरी सहायक निरीक्षकमा छनोट भएका हुन्। असईमा छनोट भएका परीक्षार्थीलाई सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र र नागरिकताको प्रमाणपत्रसहित प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागको कर्मचारी प्रशासन शाखामा यही असार ३१ गते उपस्थित हुन भनिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा