सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ ३० । गरिमा विकास बैंकले पोखरा महानगरपालिका २५ मा हेम्जा शाखा औपचारिक रुपमा विस्तार गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल तथा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा बैंकले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा आफना शाखा स्थापना गर्ने योजना बनाएको छ । विकास बैंकले २०७६ जेष्ठ २८ गतेसम्ममा रु.३० अर्ब ५५ करोड निक्षेप संकलन गरी रु.२७ अर्ब ४० करोड कर्जा लगानी गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा