सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३० । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भइ बनेको ‘समाजवादी पार्टी नेपाल’ले बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेस गरेको छ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायतका नेताहरु दल दर्ताको निवेदन दिन बिहीबार आयोग पुगेका थिए ।
नेता प्रकाश अधिकारीका अनुसार एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने, चुनाव चिन्ह पछि बुझाउने जनाएका छन् । उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलगाएतका नेताहरु आयोगमा गएर २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको जानकारी दिए ।
संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।
पार्टीको वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेणाुकुमार यादव, लालबाबु राउत, महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र विजयकुमार यादव कोषाध्यक्षमा रहेका छन् । दुईजना सचिव पछि थपिने जनाएको छ ।
यसैक्रममा, अध्यक्ष बाबुराम भट्टराईले आयोगमा दल दर्ताको निवेदन दिएपछि संविधान संशोधनलगायतका माग पूरा नभए पार्टीले सरकार छोड्ने चेतावनी दिएका छन् । भट्टराईका अनुसार केही समय पार्टीले पर्खिने र माग पूरा नभए सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने बताए ।
समाजवादी पार्टी नेपाल देशको तेस्रो शक्ति भइसकेको भन्दै आगामी दिनमा पार्टीलाई थप सशक्त ढंगले अघि बढाइने पनि उनले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा