सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, जेठ ३० । मध्य बेइजिङमा रहेको सपिङ मलहरुमा आक्रमण गर्ने आक्रमणकारीलाई मृत्युदण्ड दिइन्छ । बेइजिङ अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
उक्त आक्रमणमा परी एक निर्दोष व्यक्तिको भएको भने, १४ जना घाइते भएका थिए । बेइजिङको जनअदालतले गत वर्ष मलमा आक्रमण गर्ने झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए । निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालतले झुलाई मृत्यु दण्डको सजाय दिइएको अन्र्तराष्ट्रिय समाचारले जानकारी दिए ।–सिन्ह्वा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा