सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३० । कैलालीको अत्तरियामा बिहीबारदेखि प्रभु बैंक लिमिटेडको नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साउद्ले उक्त शाखाको उद्घाटन गरेका छन् ।
कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरू, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थितिमा नगरपालिका प्रमुख साउदद्धारा सो शाखा कार्यालय उद्घाटन कार्यक्रम गरेको थियो ।
प्रभु बैंकको अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको उक्त कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख साउदले जानकारी दिए।
आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरू, संघ संस्थाहरू तथा फर्म, कम्पनीले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको छ । यसका साथ-साथै उक्त क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा