सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३० । पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि चावहिलस्थित ओम अस्पतालमा तनावग्रस्त वातावरण उत्पन्न भएको छ।
मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले दिएका जानकारीअनुसार पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो।
सो अस्पतालको परिसरमा मृतकका आफन्ताजनले नाराबाजी गरिरहेका छन् । उनीहरुले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाएका छन्। पित्तथैलीको पत्थरीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्ना गरेर अप्रेसन भएको श्रेष्ठले जानकारी दिए ।
अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको हुनाले मलद्वारबाट निस्कनुपर्ने फोहोर शरीरभित्रै फैलिएर संक्रमण भई बिरामीको मृत्यु भएको आरोप उनीहरुले लगाएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा