सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३० । गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन्। सरकारले राजधानीमा गुठीसम्बन्धी विधेयक संविधानविपरीत ल्याएका विधेयकविरुद्ध काठमाडौँमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भैरहेको भन्दै प्रधानले समयमै सच्चिन सरकारलाई चेतावनी दिएका छन् ।
उनले भने, काठमाडौँमा आन्दोलनको हुरी चल्दैछ । आन्दोलनको बादल गर्जिँदै छ दिनका दिन । विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालाको मागअनुसार विधेयक संशोधन नगरे आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्याउँछ भनेर भन्न सकिन्न ।
काठमाडौँ उपत्यकावासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै प्रधानले समयमै सचेत हुन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भने, काठमाडौका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन ।
हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन । संविधानप्रति नै जनताले अनास्था गर्लान् भन्ने चिन्ता हो । काठमाडौँका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।
उनले गुठीसम्बन्धी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप लगाए।
बिहीबारको बैकठमा सभामुख कृष्ण बहादुर महराले प्रारम्भ भएको जानकारी गराएलगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उनले भीमसेनदास प्रधानलाई बोल्नका लागि समय दिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा