सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २९ । स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैयाँ सहित बाराबाट एकजना भारतिय नागरिक पक्राउ परेका छन् ।भारतको बिहार राज्यमा पर्ने मोतीहारी जिल्लाका वृजकिशोर कुमारलाई स्रोत नखुलेको रकमसहित मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । उनलाई शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित सुवर्ण गाउँपालिका ७ स्थित दशजगा क्षेत्रबाट पक्राउ गरिएको भट्टराईले जानकारी दिए ।
बीआरएसी ४४८६ नम्बरको भारतिय नम्बरको मोटरसाइकलमा सवार उनले खुट्टाको घुँडा मुनी, कम्मरमा बाँधेर पैसा बोकेका थिए । केही पैसा हेल्मेट भित्र र मोटरसाइकलको डिक्कीमा राखेका थिए । जाँचका क्रममा ठूलो परिमाणमा नगद फेला परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक भट्टराईले बताए ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागि सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको भट्टराईले बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा