भर्खरै

नेकपा र जनमोर्चाका नेता तथा कार्यकर्ताहरू, काँग्रेसका सदस्यतामा प्रवेश


 June 12, 2019     सेतो खबर

प्यूठान, जेठ २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चा नेपालका नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय डा.शेखर कोइराला र गगन थापाले पार्टी प्रवेश गराएका छन्।

उनीहरुले मंगलबार प्यूठान जिल्लाको बिजुवारमा आयोजित एक कार्यक्रममार्फत नेकपा र जनमोर्चा नेपालका ६ सय ४५ जना नेता तथा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसमा समावेश गराएका थिए ।

प्यूठानलाई कम्युनिस्टहरूको उद्गमस्थलका रुपमा परिचित भएता पनि नेकपा र जनमोर्चामा मंगलबार पहिरो गएको छ । नेपाली कांग्रेसका नेता डा.गोविन्दराज पोखरेलको अग्रसरतामा नेकपा र जनमोर्चाका नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टी छाडेर नेपाली काँग्रेको सदस्यतामा प्रवेश गरेका हुन् ।

LIC
LIC



Ime Inside