सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २९ । संसदको राज्य ब्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै लोकसेवाका परीक्षार्थीले थालेको आन्दोलनमा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि साथ दिएका छन् । बुधबार समर्थन जनाउन माइतीघर मण्डला पुगेका मिश्रले आफनो पनि होड्सेमा हैसे भएको बताएका हुन् ।
उनले भने “ति घर होइनन् झुपडी हुन घर त बस्नेहरुले मेरो घर भन ठानेका हुन् । त्यो घर होइन झुपडी हो । त्यहाँ घरको छानो छ तपाई बल्ल बल्ल गाईको गोठमा तपाई सुत्न सक्नु हुन्छ, त्यो घर होइन । यस्तो परिस्थितिबाट तपाईहरु सुदुरपश्चिमबाट अन्य धेरै क्षेत्रबाट, तराईबाट तपाईहरु आउनु भएको छ । तपाईहरु बदलिनुस, तपाईहरु अघि बढ्नुहोस् हामी यसै गरी होड्सेमा हैसे गर्न सधै आउछौ ।”
मिश्रले लोकसेवाको मुद्धामा मात्र होइन राष्ट्रिय महत्वको मुद्धामा समेत सबैले बोल्नु पर्ने तर्क राख्दै भने “तपाईहरुले खाली आफुलाई पर्दा मात्र बोल्नु भयो भने तपाईहरु पनि विफल हुनुहुन्छ अन्य युवा पनि विफल हुन्छन् र यो देश पनि विफल हुन्छ । त्यसैले हरेक राष्ट्रिय महत्वको मुद्धाहरुमा तपाईहरु जाग्नुपर्छ, तपाईहरु उठ्नुपर्छ, तपाईहरु बोल्नुपर्छ । यो देश यिनिहरुको विर्ता होइन, यो देश तपाई र हाम्रो भविष्य हो ।”
पछिल्लो समय स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोक सेवाले खोलेको विज्ञापन विरुद्ध र समर्थनमा विभिन्न खाले आन्दोलनहरु भईरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा