सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २९ । भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै २७ गते नेपाल फर्केका प्रितम आचार्यलाई मंगलबार गृह जिल्लामा भव्य स्वागत गरेको छ ।
उक्त प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितमलाई स्वागत गर्न इटहरीमा दजर्न बढी गाडी, सयौँ मानिस, साथी र गुरुवर्गसहित शुभचिन्तक काकडभित्ता सम्म पुगेका थिए ।
काकडभित्ताबाट उनलाई स्वागत गर्न गएका व्यक्तिहरुले पञ्चेबाज बजाएर नेपालको झण्डा फहराउँदै इटहरी ल्याइएको थियो । सो अवसरमा उपस्थित व्यक्तिहरुले ‘नेपालका छोरा प्रितम(हाई हाई’भन्ने नारबाजी गरेका थिए ।
सोही दिन प्रितमलाई दमक, उर्लाबारीलगायत ठाउँहरुमा पनि स्वागत गरेको थियो । गत आइतबार आयोजित सारेगामपा लिटिल च्याम्प्सको अन्तिम स्पर्धामा उनी सेकेन्ड रनरअप घोषित भएका थिए ।
प्रितमले आफ्नो फाइनलसम्म पुग्ने अपेक्षा नरहेको सो अवसरमा जानकारी दिए । उनले तेश्रो भएकोमा खुसी व्यक्त गर्दै नेपालबाट धेरै सहयोग र हौसला मिलेको जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा