सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाको अलबामा राज्यमा बच्चाहरु माथि यौन शोषणको बढ्दो घटनामा लगाम लगाउनको लागी नयाँ कानुन बनाइएको छ । जसअन्तर्गत अब राज्यमा बच्चालाई यौन शोषण गर्ने ब्यक्तिलाई नपुंसक बनाइनेछ ।
यो विधेयक अनुसार, राज्यमा १३ बर्ष भन्दा कम उमेरका बच्चा विरुद्ध यौन शोषणका दोषिलाई रासायनिक औषधिको इन्जेक्शन लगाएर नपुंसक बनाइनेछ । यस्तो कानुनी प्रावधान ल्याउने यो अमेरीकाको पहिलो राज्य भएको दावी गरीएको छ ।
सोमबार अलबामाका राज्यपाल काय इवेले ‘केमिकल कास्ट्रेन्स’ विधेयकलाई हरीयो झण्डा देखाएको छ । उनले यो विधेयकमा हस्ताक्षर गर्दे भनेका छन कि कठोर अपराधको सजाय पनि कठोर हुनु पर्दछ । यसबाट अपराधिहरु डराउनेछन् ।
नयाँ कानुनमा दोषिलाई जेलबाट मुक्त गर्नुभन्दा पहिला रासायनिक औषधिको इन्जेक्शन लगाइनेछ । यो औषधि आरोपीको शरीरमा टेस्टोस्टेरोन पैदा हुन दिदैन । यसबाट आरोपी पुर्ण रुपमा नपुंसक हुनेछ । यो प्रतिक्रियाको दौरान भएको खर्च पनि दोषिले नै ब्यहोर्नु पर्नेछ ।
इंडोनेशिया र साउथ कोरियामा पनि अपराधिलाई बनाइन्छ नपुंसक
इंडोनेशिया र साउथ कोरियामा पनि बच्चाहरु माथि यौन शोषण घटनामा दोषि ठहरीएका ब्यक्तिलाई नपुंसक बनाइन्छ । दक्षिण कोरीया मा २०११ र इंडोनेशियामा २०१६ मा यो कानुन लागु भएको थियो ।
कैयौ अमेरिकी राज्यहरुले देखाए चिन्ता
अमेरिकाका कैयौ अन्य राज्यले रासायनिक औषधि दिएर दोषिहरुलाई नपुंसक बनाइने कानुनलाई लिएर चिन्ता ब्यक्त गरीएको छ । भने कैयौ समुहले कानुनलाई लिएर पुनविचारको अपिल पनि गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा