सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २९ । सुदूरपश्चिमका अधिकांश स्थानमा हावाहुरी सहित पानी परिरहेको छ। पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम क्षेत्रमा नयाँ मौसमी प्रणाली भित्रिएर हावा हुरी र मेघगर्जनसहित पानी पर्न सुरु गरेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।
यस्तो छ मौसम पुर्वानुमान विभागले जारी गरेको ३ दिनको मौसम पुर्वानुमान :
जेठ २९ गते (बुधबार)
दिउँसो: देशका पश्चिमी भू-भागहरूमा सामान्य देखि पूर्ण बदली रहि पूर्वि र मध्य भू-भागहरूमा आंसिक देखि सामान्य बदलि रहनेछ। पुर्वी तथा मध्य भु-भागका थोेरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। पुर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
जेठ ३० गते (बिहिबार)
दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेठ ३१ गते (शुक्रबार)
दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा