सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उत्तर कोरीयाका नेता किम जोंग उनको सौतेनी भाई किम जोंग नम को २०१७ मा मलेशियामा हत्या गरीएको थियो । एक विदेशी अखबारको रिपोर्टको अनुसार किम जोंग नम सीआइए (अमेरिकी इन्टेलिजेन्स एजेन्सि) का एजेन्ट भएको बताइएको छ ।
रिपोर्टमा भनिएको छ कि, सीआइए सँग किम जोंग नम को सम्बन्धको कैयौ विवरण अहिलेसम्म अस्पष्ट छ । खबरको अनुसार, सिआइएले भने यसमाथि कुनै पनि टिप्पणी गर्न अस्विकार गरेको छ । एक ब्यक्तिको हवाला दिदै रिपोर्टमा भनिएको छ कि सिआईए र किम जोंग नम बिच साँठगाँठ थियो ।
कैयौ पुर्व अमेरीकी अधिकारीहरुले भनेका छन कि किम जोंग को सौतेनी भाई कैयौ बर्षदेखी उत्तर कोरिया बाहिर बस्दथे । उसँग कुनै पनि शक्ति थिएन र नत यो कुराको कुनै सम्भावना थियो कि उ उत्तर कोरियाका् आन्तरिक कामकाजको जानकारी दिन सकोस । रिपोर्ट अनुसार, पुर्व अधिकारीहरुका अनुसार किम जोंग नम कैयौ दोस्रो देश र विशेष रुपमा चीनको सुरक्षा एजेन्सिको सम्पर्कमा थियो ।
दक्षिण कोरीया र अमेरिकी अधिकारीहरुले उत्तर कोरीयाले नै किम जोंग नम को हत्याको आदेश दिएको दावी गर्दे आइरहेका छन्, किनभने यो पारिवारीक वंशवादी शासनको लागी धेरै नै आवश्यक थियो । भने यता, प्योंगयांगले यी आरोपलाई इन्कार गरेको छ ।
फेब्रुवरी २०१७ मा क्वालालमपुर विमान स्थलमा एक प्रतिबन्धित रासायनिक हतियारले किम जोंग नमलाई मारेको आरोपमा २ जना महिलालाई आरोप लगाइएको थियो । मलेशियाले भियतनामी महिला दोन थी हुओंगलाई मे र इंडोनेशियाकी सिति आसियाहलाई मार्चमा रिहा गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा