सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २८ । मंगलबार काठमाडौँमा आदिवासी /जनजातिहरुले पनि स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेल गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरे ।
उक्त विज्ञापन समावेशी सिद्धान्तको विपरित खुलाइएको भन्दै यसलाई तत्काल खारेज गर्न माग गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा मंगलबार विरोध प्रर्दशन गरेका छन्। उनीहरुले सो प्रर्दशनका क्रममा सरकारलाई संविधान र कानुनअनुसार चल्न समेत सचेत गराएका छन् ।
संघीय तामासालिङ मञ्च, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी भएको विरोध प्रर्दशनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का विरोध प्रर्दशन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा