सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २८ । गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘जिन्दगी खास भयो’ सार्वजनिक भएको छ । उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।
मुक्त उदासले उक्त गीतको शब्द रचना गरेका छन् भने, शान थापा निर्देशित रहेको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर रहेको छ । गीतको भिडियोमा उनीहरूको प्रेमभावलाई देखाएको छ भने, रजिव समरको करियोग्राफी रहेको छ र अर्जुन तिवारीले खिचेका छन् ।
यस भिडियोको निर्माण रोहित थापाले गरेका हुन् । उक्त भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने, सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा