सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २८ । मंगलबार दिउँसो ग्यास लिकेज भएर काठमाडौँको शंखमुलस्थित शानदार मःम पसलमा आगलागी भएको उक्त पसलका मालिक टेकनारायण श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट उक्त पसल रहेको घरको भुइँतला पुरै जलेको छ । आगो निभाउनको लागी काठमाडौँ, भक्तपुरका दमकलसहित अग्निनियण्त्रक र प्रहरी पुगेका थिए ।
आगालगीमा परी शानदारमा कार्यरत एकजना कामदार रामकृष्ण बुढाथोकी जलेर घाइते भएका कारण उनको उपचारका लागि कीर्तिपुर अस्पतालमा ल्याइएको छ। आगलागी हुँदा एक महिला घरभित्र फसेकी थिइन् उनलाई आगो निभाइसकेपछि बाहिर निकालीएको छ । आगलागीबाट सानदार पसलको करिब ३५ लाख रुपैयाँको घनमाल क्षति भएको अनुमान गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा